दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड प्रस्थान

५ भदौ ७८, शनिबार
Share this
772shares

५ भदौ, रसुवा ।

Advertisement

रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिक रूपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् ।

भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, सामाजिक दूरी कायमको जागरण एवं धार्मिक मार्गको सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्ती परिचालन गरिएको प्रहरी प्रमुख पाण्डेले बताए ।

Advertisement

औपचारिक रूपमा मेला स्थगन भए पनि तीर्थका लागि एक्कासी यात्रुको चाप बढेका कारण उच्च भागमा लेक लागेर पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थाका साथै नेपाली सेनाको उद्धार टोलीसमेत तयार गरिएको प्रजिअ ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

सामाजिक दूरी कायम गराउने कार्यमा सशस्त्र प्रहरीसहितको सुरक्षा अङ्ग परिचालन गरिरहेको बताइएको छ । समुद्र मन्थन गर्दा निस्केको कालकुट सेवन गरी प्राणीजगतलाई रक्षा गर्ने महादेव शिवको दर्शन गर्न जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने धार्मिक मान्यताअनुरूप भक्तजनले विशेष पर्वमा स्नान गर्न निलाद्री पर्वत पुग्ने गरेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top