तालिबानमा अत्यारचार फेरि बढ्यो : अमेरिका

Share this
675shares

६ भदौ, एजेन्सी ।

Advertisement

तालिबान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि फेरि अत्याचार बढाएको अमेरिकाले आरोप लगाएको छ ।

तालिबानले सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ ।

Advertisement

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसका अनुसार तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको छ ।

यसअघि, रक्षा मन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चार प्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेको बताएका थिए ।

Advertisement

राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुर्व्यवहार गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेनाले उक्त रिपोर्टलाई गम्भीर ढङ्गले लिने बताएका छन् ।ख

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top