माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

६ भदौ, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि बैठक बस्न लागेको हो ।

Advertisement

शनिबार बसेको बैठकमा नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल भएको र आज त्यसले निरन्तरता पाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादीले यही पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । नेकपा विघटन भएपछि एमालेसँग अलग भएको माओवादी संगठन पुर्नगठन र विस्तारमा लागेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top