×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

पोखराबाट सिमरा सिधा उडान सञ्चालन गरिने

६ भाद्र २०७८

६ भदौ, पोखरा ।

प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ ।

Advertisement
Advertisement

पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो ।

यसअघि नै पोखरालाई भैरहवा, भरतपुर ९चितवन० बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन् । यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने पनि योजना बनाएको छ ।

पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ । उडानबाट दुवै प्रदेश तथा शहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ ।

प्रादेशिक उडानले दुवै ठाउँको पर्यटकीयस्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले  बताए । उनकाअनुसार सिमरा÷वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा चहलपहल बढ्नेछन् । वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिमरा÷वीरगञ्जका बासिन्दाले पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्नेछन् ।

यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहर पटना, दरभङ्गा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि रु १०,९९९ मा दुई रात तीन दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थल गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० वटा, एटीआर–४२ जहाज तीन र क्राफ्ट दुई वटा रहेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top