अफगानिस्तानमा रहेका ८२१ नेपाली सम्पर्कमा, ५०४ को उद्भार

७ भदौ, काठमाडौं ।

विद्रोही तालिवान समूहले सत्ता कव्जा गरेसँगै अफगानिस्तानमा अलपत्रमा परेका ८२१ नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको छ ।

सम्पर्कमा आएका बाँकी ३१७ जनाको उद्धार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

शनिबार टर्किस एयरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी जम्मा ३५ जनाको उद्धार गरी काठमाडौं ल्याएसँगै उद्धार गरिएको नेपालीको संख्या ५०४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

शनिबार साँझसम्म कन्सुलर सेवा विभागमा ३१७ जनाले विवरण दर्ता गराइ सकेका छन् । विवरण दर्ता हुनेक्रम जारी रहेको प्रवक्ता लम्सालले जानकारी दिए । थप नयाँ विवरणसहित मन्त्रालय जानकारी गराउने तयारी गरेको जनाएको छ ।

नेपालीको उद्धारका लागि हाल उद्धारमा सहयोग गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भैरहेको र काबुलस्थित सम्पर्क व्यक्तिको रूपमा सहयोग गरिरहनु भएका सुरेशचन्द्र शर्माले बाँकी नेपालीको उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्देआएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका मध्यएशिया, पश्चिमएशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको शनिबार छैठौ बैठक सम्पन्न भएको थियो ।

बैठकले त्यहाँबाट उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसँगको समन्वयबारेमा छलफल भएको मन्त्रमलयले जनाएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top