डेढ वर्ष जेल सजाय भोगेर रिहा भए पूर्वगृहमन्त्री ‘बादल’का भाइ

७ भदाै, काठमाडाैँ ।

Advertisement

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साईंला भाइ नरेश थापा थुनामुक्त भएका छन् । अदालतले तोकेको सजाय पुरा गरेपछि थापालाई रिहा गरिएको डिल्लीबजार कारागारका प्रमुख वसन्त पुरीले बताए ।

उच्च अदालत पाटनले आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो ।

Advertisement

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । गौचनको २०७४ असोज २३ मा हत्या भएको थियो ।

जिल्ला अदालत, काठमाडौंको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका थापालाई पछि अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनले माघ तेस्रो साता जिल्लाको आदेश बदर गर्दै जेल सजाय तोकेको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top