विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी

७ भदौ ७८, सोमबार
Share this
792shares

७ भदौ, बुटवल ।

Advertisement

आफूहरुले कारवाही गरेका सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै  प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ ।

एमालेले आफ्नो दलबाट निर्वाचित  शाही र वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो । सोमबार प्रदेशसभा बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । उनीहरुले रोष्टममा नाराबाजी गरेका छन् ।

Advertisement

सूर्य चिह्नबाट चुनाव लडेका सांसदद्वयलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेको थियो ।सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय गरिसकेका छन् ।

एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top