गोसाईंकुण्ड मेला सम्पन्न

६ भदौ ७८, सोमबार

७ भदाै, काठमाडाैँ ।

पवित्र तीर्थस्थल गोसाइँकुण्डको मेला सम्पन्न भएको छ । जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले आ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । तीर्थ गर्न आएका तीन यात्रु बिरामी परेकाले उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको र बिरामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

बिरामीको उद्धारका लागि नेपाल प्रहरी तथा नेपाली सेना परिचालन गरिएको थियो। औपचारिक रूपमा मेला स्थगन गरिए पनि नागपञ्चमीदेखि जनैपूणिर्माको दिनसम्म अनौपचारिक रूपले तीन हजार ५०० भक्तजन गोसाईंकुण्ड पुगेको प्रहरीको अनुमान छ ।विशेष मेला समापन भएको बताउँदै गोसाईंकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अनौपचारिक रूपमा आएका सबै यात्रुलाई सुरक्षाका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गर्न लगाइएको जानकारी दिए ।

मेला भर्न नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर , कैलाली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नवलपरासी, अर्घाखाँची, कास्की, चितवन, महोत्तरीलगायत जिल्लाका भक्तजन त्यहाँ पुगेका थिए । पर्यटकका रूपमा विदेशीसमेत पुगेको स्थानीय व्यवसायीले बताए ।

पूर्णिमाका दिन हिन्दुका साथै बुद्वमार्गीले पनि गोसाइँकुण्डमा स्नान र पूजाआरधना गर्ने गर्दछन् । गङ्गा दशहरा तथा जनैपूर्णिमाका अवसरमा मात्रै बर्सेनि २० हजार भन्दा बढी भक्तजन पुग्ने यस तीर्थमा कोभिड –१९ को सङ्क्रमणका कारण गत वर्षदेखि औपचारिक रूपमा मेला बन्द गरिएकाले भक्तजनको चहलपहल हुन नसकेको स्थानीय होटल व्यवसायी पासाङ्ग्युर्मी तामाङले बताए । मेला स्थगन गरिए पनि आन्तरिक रूपमा भक्तजन तीर्थमा पुगेका थिए । यात्रु आउँदैनन् भन्ने सोचमा रहेका होटल व्यवसायीलाई एक्कासि यात्रुको चाप बढेकाले खानाको व्यवस्था मिलाउन हम्मे हम्मे परेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए।

यात्रुको चापबढेसँगै थोरै मात्र खोलिएका लजले थेक्न नसकेकाले स्थानीयबासिन्दाले ठाउँ ठाउँमा टेण्ट राखी तत्काल वासस्थानको व्यवस्था मिलाएका तीर्थयात्री शिवराम न्यौपानेले बताए ।

हिमाली क्षेत्रमा तत्काल बासको व्यवस्थाले ठूलो सहयोग मिलेको केही तीर्थयात्रीको भनाइ थियो । अर्घाखाँचीको मालारानी गाउँपालिका–७ को हङ्सपुरबाट आउनुभएका दीपक खनालले भने, “धार्मिक मार्गमा खानपिन र बसोबासको शुल्क ज्यादै महँगो भएकोले आगामी दिन ध्यान पुर्‍याउन जरुरी छ । ” रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top