राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, आदर्श पोखरेलकाे डिजाइन उत्कृष्ट

७ भदौ, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी नयाँ जर्सी सार्वजनिक गरिएको हो ।

Advertisement

नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन ।

सो जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । उत्कृष्ट ठहरिएको उक्त डिजाइनको विजेता पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

Advertisement

काठमाडौंमा भएको सिरिज अघि नयाँ प्रायोजकसहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुुष्टि जनाएपछि नेपाल क्रिकेट संघ क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरुबाट खुल्ला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन मगाएका थिए ।

Advertisement

जसमा ५०० बढीको डिजाइन प्राप्त भएकोमा त्यसबाट एउटा डिजाइन फाइनल गरिएको हो । जर्सीको अन्तिम टुंगो लगाउनका लािग क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेण्ड टिचरबाट आशिष सिग्देल रहेको चार सदस्यीय समिति गठन गरेको थियो ।

डिजाइन फाइनल भएर जर्सी पनि तयार भएको छ। उक्त जर्सी मंगलबार ओमान जाने नेपाली टिमले लगाउने छ । आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको बताइएको छ । जर्सीमा नेपाली सस्कृती झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top