साउदीमा १६ हजार आप्रवासी पक्राउ, नेपाली परे कि परेनन् ?

७ भदौ, काठमाडौँ ।
कडा कानून र कार्यान्वयनका लागि चिनिएका मुलुक मध्येको एक साउदी अरेवियामा गएको एक हप्ता मात्रै त्यहाँको कानून उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन् । आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पक्राउ परेकाहरुमा आवासीय कानून उल्लंघन गरेका पाँच हजार चार सय ३६ जना , नौ हजार ७५ सीमा सुरक्षा उल्लंघन गर्ने र श्रम कानून उल्लङ्घन गर्ने एक हजार तीन सय ८९ जना रहेका छन् । अहिलेसम्म साउदीमा यस्ता कानुन उल्लंघन गर्ने ७८ हजारभन्दा बढीमाथि कानुनी कारबाही चलिरहेको स्थानीय संचार माध्यामले जनाएका छन् ।

जसमध्ये ६५ हजार बढी पुरुष र १३ हजार बढी महिला रहेका छन् । यस्तै ५८ हजार तीन सय उल्लङ्घनकर्तालाई कूटनीतिक प्रक्रियामार्फत स्वदेश फिर्तीको लागि पहल भइरहेको र आठ हजार एक सय २८ जनालाई देश निकाला गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाइएको छ ।

त्यहाँको नियम अनुसार यस्तो अपराधमा संलग्न हुनेलाई १५ वर्ष जेल सजाय र दश लाख साउदी रियाल बराबरको जरिवाना तोकिएको छ । यस्तो सजाय पाउने आप्रवासीमा नेपाली कति सख्यामा छन् भन्ने विषय भने खुलिसकेको छैन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top