बीजेपीका नेतालाई कांग्रेसले किन काठमाडौँ बोलायो ?

७ भदाै, काठमाडाैँ ।

भारतले नेपालसहित दक्षिण एसियालाई आफ्नो प्रभावक्षेत्र को ब्याख्खा गर्दछ । यही प्रभावकै आधारमा समेत त्याहाको सरकारको सफलता र असफलतासँग जोडेर समेत हेर्ने गरिन्छ । यसैको जगमा उभिएर भारतलेछिमेकी देशहरुको घटनाक्रममाथि चासो राख्छ, प्रभावित पार्न चाहन्छ र आफ्नो भूमिका अधिक रुपमा बढाउन चाहन्छ । यसक्रममा भारतले नेपालको आन्तरिक राजनीतिलाई प्रभाव पार्न फरक–फरक राजनीतिक शक्तिसँग फरक–फरक रणनीतिक गहिराइको सम्बन्ध राख्ने गरेको जगजमयर नै छ । नेपालको राजनीतिलाई प्रभाव पार्न भारतले समयानुशार अलग अलग कार्ड प्रयोग गर्ने गरेको कसैबाट लुकेको छैन । अनि नेपालमा सरकार परिवर्तन भए पिच्छे अनिवार्य जत्तिकै बनेको भारत भ्रमणबाट समेत भारतले लाभ लिईरहेको छ । अहिले पनि नेपालमा सरकार परिवर्तन र राजनीतिक दलसम्बन्धी अध्यादेशले तरंग पैदा गरेको बेला भारतीय नेताहरुको आगमन तीव्र भएको छ ।

भारतीय सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष तहका नेताहरु केहीदिनदेखि काठमाडौंमै छन् । यसक्रममा आइतबार भाजपाको विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । कांग्रेस सभापतिका हैसियतमा देउवासंग उनले भेटवार्ता गरेका हुन् । भाजपा र नेपालका प्रमुख दलहरूबीच सम्बन्ध विस्तारका सिलसिलामा कांग्रेसको निमन्त्रणामा चौथाइवाले आइतबार काठमाडौं आएका हुन । उनलाई कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. प्रकाशशरण महतले निमन्त्रणा गरेका हुन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको हित र भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे छलफल भएको बताइएको छ । चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवाले सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश सुनाएको बताइन्छ । देउवासँग छलफल भएको चौथाइवालेले ट्वीटमार्फत पनि जानकारी दिएका छन् । प्रधानमन्त्री नियुक्ति भएर संसदमा विश्वासको मत लिएपछि मात्रै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई औपचारिक बधाई दिएका थिए । तर विगतका परम्पराझै हालसम्म प्रधानमन्त्री देउवाले भारत भ्रमणको भने निम्तो पाएका छैनन् । आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी सबैभन्दा उच्चस्तरीय नेता हुन् । यसैबीच बालुवाटर पुगेका चौथाइवाले आइतबार देउवा पत्नी आरजु राणासंग रक्षाबन्धनसमेत मनाएका थिए । आरजुले चौथाइवालेलाई राखी बाँधिदिएकी थिइन् ।

चारदिने अनौपचारिक भ्रमणमा आएका चौथाइवालेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चौथाइवाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट गरिसकेका छन । दुई नेताबीचको भेटमा नेपाल भारत सम्बन्धका विषयमा भेट भएको चौथाइवाले ट्वीटमार्फत जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको तथा संसद अधिवेशन अन्त्य गरी अध्यादेश मार्फत ल्याईएको दल विभाजन सम्बन्धी प्रावधानका आधारमा एमाले र जसपा विभाजित भएको अवस्थामा भारतीय नेताहरुको दौडधुपलाई निकै चासोका साथ हेरिएको छ । यो अवस्थामा काग्रेसले भारतीय नेताहरुलाई किन नेपाल बोलाए भन्ने विषयमा समेत धेरेको चासो बढेको छ। भाजपाका वरिष्ठ नेतामध्येका एक डा. दिनेश उपाध्याय पनि केही दिनदेखि काठमाडौंमा छन् ।

भारतीय अधिकारीहरुको चहलपहल बढ्दै जाँदा नेपालमा केहीदिनमै राजनीतिक उतारचढावको सम्भावना रहेको विश्लेषण गरिएको छ । चौथाइवाले यसअघि मंसीर अन्तिम साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि नेपाल आएका थिए । एमालेका तर्फबाट उपमहासचिव विष्णु पौडेलले उनलाई निमन्त्रणा गरेका थिए । चौथाइवालेको भ्रमणपछि प्रतिनिधि सभा विघटन तथा तीव्र राजनीतिक उथलपुथल देखिएको थियो । जसका कारण ओलीलाई भारतले सघाएको भन्दै तत्कालीन समयमा प्रतिपक्षमा रहेका दलहरूले आलोचना गरेका थिए भने जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई र चौथाइवालेबीच ट्वीट युद्ध नै चलेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top