अफगानिस्तानमा अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब

८ भदौ, एजेन्सी ।

अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे छिट्टै निर्णय लिने बताए । राष्ट्रपति बाइडेनलाई साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नुपर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् ।

जी–सेभेनको शीर्ष बैठकमा यो विषय प्रमुख एजेण्डा बन्ने भएको छ । तालिबानले अर्को हप्ताभन्दा पछिसम्म अमेरिकी सेना बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् । पछिल्लो २४ घण्टामा झन्डै १६ हजार मानिसको उद्धार गरिएको छ ।

अगष्ट १४ यता उद्धार हुनेको सङ्ख्या ३७ हजार पुगेको छ । स्थल सीमाबाट पनि आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकी देशसँग पनि कुराकानी भइरहेको अधिकारीलाई उदृत गरि बीबीसीले जनाएको छ ।

यसअघि आफ्ना साझेदारबाट उद्धारको समयसीमालाई बढाउन माग गरिएको भए पनि अमेरिकाले उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि समयसीमा परिवर्तनको पक्षमा नरहेको जनाउँदै आएको छ ।

तालिबानले पनि समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top