आज रोपाइँ जात्रा मनाइँदै

८ भदौ ७८, मंगलबार

८ भदौ, काठमाडौं ।

Advertisement

आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।

यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ ।

Advertisement

तर ठाउँअनुसार फरक–फरक तरिकाले मनाउने चलन छ । टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top