७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

८ भदौ, काठमाडौँ ।

Advertisement

नेपालमा गत आर्थिक वर्षमा रू. ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ ।

अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, रेमिट्यान्स आप्रवाह, ग्रामीणस्तरसम्म विद्युत् पहुँच, शिक्षण विधिमा ल्यापटपको बढ्दो प्रयोग, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।

Advertisement

नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top