नेप्सेका सीईओ साउदले दिए राजीनामा, भने-पदीय मर्यादा मिचेको छैन

८ भदाै, काठमाडौं ।

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा राजीनामापत्र बुझाएका छन् ।

Advertisement

राजीनामा दिएपछि उनले कुनै पदीय मर्यादा विपरीत नगरेकाे बताएका छन् । उनले विवादमा परेको सेयर पनि कानुनअनुसार नै किनेको तर अनुसन्धानलाई सहयोग पुर्‍याउनका लागि पद छाडेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top