ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गरिने

८ भदौ ७८, बुधबार

९ भदौ , काठमाडौं ।

Advertisement

ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गरिने भएको छ। यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले नृसिहं जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको हो ।​

यसवर्षको नृसिंह जात्रा पाटनको गाःबहाल दुने चोकका कोमलेशानन्द राजोपाध्याय्को परिवारबाट सञ्चालन गरिने छ । ललितपुरका राजोपाध्याय समुदायले पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ ।

Advertisement

जात्राको क्रममा पाटनको गाबहाल, पिम्वहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पुर्णचण्डी लगायत विभिन्न ठाउँमा नृसिंह देवगण सहित अप्सरा गण लगायतले यात्रा गर्ने चलन छ।

नेपाल संवत् ७५१ अर्थात विक्रम संवत् १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन सञ्चालन गरिने नृसिंह जात्रा पर्सि शुक्रबार सञ्चालन हुनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top