मंगलबार गैँडा काठमाडौँ पठाइने

२५ असार ७५, मंगलबार

चितवन, असार २५

Advertisement

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको पहिलो जोडी गैंडा मंगलबार यहाँबाट काठमाडौँ पठाइने भएको छ । यही असार २८ गते गैंँडा चीन पठाइनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले स्थानीय सरोकार भएकाहरुसँग छलफल गरी सबैलाई जानकारी दिएर मध्याह्न गैंडा काठमाडौँ पठाउन लागिएको बताए।

गैंँडालाई चीनसम्म छाड्न निकुञ्जकै वरिष्ठ चिकित्सक डा कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल र तीन सहयोगीसमेत पठाउन लागिएको छ । काठमाडौँसम्म गैंँडा छाड्न प्रमुख संरक्षण अधिकृत ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याललगायत जानेछन् ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top