लोसपा सनाखतमा १७ कार्यकारिणी सदस्य र १४ सांसद

९ भदाै, काठमाडौं ।

Advertisement

जसपाबाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना संघीय सांसदले सनाखत  गरेका छन् । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जनाले महन्थ ठाकुरलाई साथ दिएका हुन् ।

त्यस्तै जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरदसिंह भण्डारीले दावी गरे ।

Advertisement

यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये १६ जना ठाकुर पक्षमा थिए ।  ठाकुर पक्षले जसपा विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैतिर २० प्रतिशत पुर्याएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top