प्रशिक्षक अलमुताइरीले आचरणमा सुधार गर्नुपर्ने छानविन समितिको निष्कर्ष

९ भदाै, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचकाे विवादबारे छानबिन गर्न गठित समितिले  प्रशिक्षक अलमुताइरीले व्यवाहारिक आचरणमा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बुझाइएकाे प्रतिवेदनमा प्रशिक्षक अल्मुताइरिकाे औँल्याइएको छ । छानबिन समितिले प्रतिवेदनमा अलमुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव समेटेको छ ।

समितिको सुझावमा भनिएकाे छ – अलमुताइरीले पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन राखेपले निर्देशन दिनुपर्ने समितिले सुझाव दिएको छ । अलमुताईरीले एन्फासंग गरेको संझौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनैपनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक संजाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारण सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै सचेत गराउनुपर्ने देखिन्छ ।

संचारकर्मीले प्रशिक्षकसंग अन्तरवार्ता वा धारणा लिनुपरेमा एन्फाको सूचना अधिकारी अथवा व्यवस्थापकसंग पूर्व अनुमति लिएर मात्र सम्पर्क गर्नु पर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ समितिले भनेको छ, साथै प्रशिक्षकले पनि व्यवस्थापक मार्फत नै समन्यय गर्नुपर्ने छ ।

व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समस्याहरुलाई तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्नेछ साथै निज प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउँदै सोको व्यवस्था एन्फाले मिलाउनु पर्नेछ खेल क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउदै सोही बमोजिमका कार्यहरु अगाडी बढाउनु पर्ने, समितिले भनेको छ । संचारकर्मीसँगको विवादका सम्बन्धमा भने समितिले दुवै पक्ष राखेर ७ दिनभित्र सुल्झाउन राखेपले निर्देशन दिनुपर्ने सुझाव दिएको छ ।

साउन ७ गतेको एउटा घटना बढ्दै जाँदा फुटबलमा त्यसले ठूलो विवादका रुपम लिएको थियो । दुई सञ्चारकर्मीसँगको आफ्नो विवादमा अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई पनि तानेपछि विवादको श्रृखंला लम्बिदै गएको थियो । अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिर धुमपान गरेको विषय उनलाई दुई सञ्चाकर्मीले गरेको प्रश्नबाट विवाद सुरु भएको थियो ।

साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानविनको माग गरेका थिए ।

एन्फा आफै आन्तरिक विवाद समाधानका लागि असफल देखिएपछि युवा तथा खेलकुद मन्त्रालय हुँदै राखेपले छानविन समिति गठन गर्नुपरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top