अस्पताल आएका बिरामीलाई झुक्याएर आफ्नो क्लिनिकमा लाने १० जना बिचौलिया पक्राउ

९ भदौ, विराटनगर ।
ठूला अस्पताल छेउछाउमा फार्मेसी सञ्चालन गर्दै बिचौलियाको काम गर्ने १० जना विराटनगरबाट पक्राउ परेका छन् । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई झुक्याएर यहाँ उपचार राम्रो हुँदैन भनी निजी क्लिनिक एवं फार्मेसी (औषधि पसल) लैजाने धन्दामा संलग्नहरु माेरङ प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनीहरुलाई विराटनगरको नोबेल शिक्षण र कोसी अस्पताल आसपासबाट मंगलबार राति पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

विराटनगरको नोबेल शिक्षण अस्पताल नजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका–७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर–१४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का १९ वर्षीय सुजित यादव र विराटनगर–५ का २१ वर्षीय समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर–५ का २२ वर्षीय फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर–५ का १८ वर्षीय सरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर–३ का १८ वर्षीय अमित यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

Advertisement

त्यस्तै कोसी अस्पताल नजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी–६ का ५४ वर्षीय श्रीराम चौधरी, मोरङको कटहरी–३ का ४२ वर्षीय मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा–२ का २० वर्षीय सूर्यनारायण यादवलाई पक्राउ गरिएको छ ।

उनकाअनुसार बिरामी भएर अस्पताल पुगेकाहरुलाई त्यहाँ जान नदिइकन निजी क्लिनिक र फार्मेसीतिर लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ परेकामध्ये कतिपयको आफ्नै फार्मेसी छ भने कतिपय फार्मेसीका कामदार हुन् । बिचौलियाले अस्पतालमा डाक्टर राम्रा छैनन् तथा अस्पतालबाटै कोरोना फैलिइरहेको भन्दै झुक्याएर बिरामीलाई आफूतिर आकर्षित गरेर ठगी गर्ने गरेको पाइएको पनि उनले बताए ।

पक्राउ परेको गिरोहले बिरामीलाई ‘सेटिङ’का क्लिनिक र निजी फार्मेसीतिर लगेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top