सुरुङमार्ग निर्माणका लागि नौ कम्पनीको आवेदन

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् ।

Advertisement

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिए ।

सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ । सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

Advertisement

सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्न नसक्दा बजेट ‘फ्रिज’ हुँदै आएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top