एक वर्षमा ३७ अर्बको मोबाइल फोन आयात

काठमाडौं : नेपालमा गत आर्थिक वर्षमा ३६ अर्ब ९० करोड बराबरको करीब ७० लाख सेट मोबाइल फोन आयात भएको छ । बन्दाबन्दी सृर्जित नयाँ वातावरणका कारण नेपालमा मोबाइल फोनको खपत वृद्धि भएको छ ।

Advertisement

अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, रेमिट्यान्सका कारण भित्रिएको समृद्धि, ग्रामीणस्तरसम्म विद्युत् पहुँच, शिक्षण विधिमा मोबाइल फोनको बढ्दो प्रयोग, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा मोबाइलको माग बढ्दो छ ।

विगत १३ वर्षमा मोबाइल फोनको औसत वार्षिक वृद्धिदर करीब ३५ प्रतिशतको हाराहारीमा रहेको छ । नेपालले आयात गर्ने मोबाइल फोनमध्ये करीब ६२ प्रतिशत आयात चीनबाट हुने गरेको छ भने अन्य प्रमुखस्रोत मुलुकहरूमा भारत र भियतनाम रहेका छन् ।

Advertisement

भन्सार विभागका अनुसार मोबाइल फोन आयातबापत नेपाललाई आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ८४ करोड बराबरको राजस्व प्राप्त भएको छ ।,याे समाचार अभियान दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top