सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

१० भदौ, कास्की ।

माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् ।

सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका छन् । उत्पादनका आधारमा दिइने अनुदानले साना कृषक लाभान्वित छन् ।

ठूला कृषकले भने आफैँ बजारमा लगेर बिक्री गर्ने गर्दछन् । सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरी बजारमा पु–याउने गरेका छन् । गाउँपालिकाको पशुसेवा शाखाका अनुसार गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ । कृषकले उत्पादन गरेको दूध सहकारी संस्थाका माध्यमबाट बजारमा पुग्ने गरेको शाखा प्रमुख रामचन्द्र पौडेलले बताए ।

गाउँपालिकाका तीन वडामा रहेका पाँच दुग्ध सहकारीले खरीद गरी बजारको सुनिश्चितता गर्दै आएका छन् । गत वर्ष भेडाबारी दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ११ हजार ८११ लिटर, हिमशिखर दूध उत्पादक सहकारी संस्थाबाट दुई लाख १६ हजार ५३९, घाचोक दुग्ध उत्पादक सहकारीबाट चार लाख २४ हजार ३१७, पिपलबोट दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३९ हजार २९० र प्रतिभा सामाजिक उद्यमी महिला सहकारीबाट सात लाख ४४ हजार १०६ लिटर दूध बिक्री भएको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

गाउँपालिकाबाट दैनिक १० हजार ६०० लिटर हाराहारीमा दूध बिक्रीका लागि बजारमा जाने गरेको छ । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ ।

यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले गत वर्ष दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा रु पाँच लाख वितरण गरेको थियो । सहकारीबाट कृषकले गाईको दूधको मूल्य प्रतिलिटर रु ६० का दरले प्राप्त गर्ने गरेका छन् ।

सहकारी संस्थाबाहेक पनि कृषकले आफैँ बजार खोजेर दूध बिक्री गर्ने गरेको बताइन्छ । अधिकांश ठूला कृषकले आफ्नै सवारी साधनबाट पोखरालगायतका क्षेत्रका डेरी तथा सहकारीमा दूध बिक्री गर्ने गरेका छन् ।

गाउँपालिकाका सबै वडाबाट गरी सिधै वर्षमा २० लाख आठ हजार ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । “गाउँपालिका दूध उत्पादनमा जिल्लामै पहिलो स्थानमा छ”, शाखा प्रमुख पौडेलले भने, “स्थानीय सरकार र प्रदेश सरकारले उत्पादनका आधारमा दिने अनुदानले समेत वास्तविक कृषकले लाभ लिएका छन्, पशुपालन व्यवसाय राम्रोसँग फस्टाउँदै गएको छ ।”

गाउँपालिकामा हालसम्म गाई÷भैँसी २७८, बाख्रा ९८ र कुखुराका ८९ फार्म दर्ता भएका छन् । गाउँपालिकाको पशु तथ्याङ्कमा गाई चार हजार ३६५, भैँसी छ हजार ६६६, भेडा दुई हजार २२४, बाख्रा नौ हजार १५, कुकुर ९९९ र बङ्गुर ३९७ रहेको पशु शाखाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले गाउँपालिका कृषिमा अग्रणी रहेकाले पशुपालन, दुग्ध व्यवसाय, कुखुरापालन, मत्स्यपालनलगायतका कृषि व्यवसाय व्यावसायिकरुपमा अघि बढाउन कार्यक्रम सञ्चालन भइरहेको बताए ।

दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भँैसी संरक्षण कार्यक्रम, एक वटा गाई÷भैँसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको उनले जानकारी दिए ।

“पशुपालनमा जिल्लामै अग्रणी स्थानमा रहेका यहाँका कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, र यान्त्रिकीकरण गाउँपालिकाको प्राथमिकतामा छ”, उपाध्यक्ष दवाडीले भने । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top