भाजपाका नेता चौथाइवालेले भट्टराई र यादवलाई भेट्न मानेनन्, आजै फर्कंदै

१० भदौ, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा आएका भारतीय सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतृत्व पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटघाट नगरी फर्किंदैछन् ।

नेपालका राजनीतिक दलसँग सबन्ध सुधार गर्ने उद्देश्यसहित भारतीय प्रधानमन्त्रीका विशेष दूतकारुपमा आएका भाजपा विदेश विभाग प्रमुख चौथाईवाले मुलुकका सबैजसो प्रमुख नेतासँग भेटघाट गरे पनि पूर्वप्रधानमन्त्री भट्टराई र यादवसँग भने भेटघाट गर्न अस्वीकार गरेका हुन ।

Advertisement

‘भट्टराईसँग धार्मिक मामिलामा चौथाइवालेको सामाजिक सञ्जालमा विवाद भएको थियो, भट्टराईले हिन्दु धर्मको आलोचना गरेको भन्दै उहाँ क्रुद हुनुहुन्थ्यो,’

चौथाइवाले निकट स्रोतले भन्यो, ‘विगतमा उपेन्द्रजीको पार्टी महन्थ र राजेन्द्रले जोगाइदिएको तर अहिले मौका पाएपछि जसले पार्टी जोगाइदियो, उसैलाई निकालिदिएकोमा भाजपा असन्तुष्ट रहँदै आएको थियो’, उनका अनुसार जसकारण चौथाइवालेले भट्टराई र यादवलाई नभेटी आज भद्रपुर हुदैँ नयाँ दिल्ली फर्किँदैछन् ।

Advertisement

गत साता प्रधानमन्त्री देउवाको निमन्त्रणमा आएका भाजपा विदेश विभाग प्रमुखले प्रधानमन्त्री पत्नी आरजु राणासँग राखी (रक्षा बन्धन) बाँधेका थिए भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, एमाले नेता बिष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँड, कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग व्यक्तिगत रुपमा भेटघाट गरेका थिए ।

गत आइबार नेपाल आएपछि चौर्थाइवालेले सुरुमा प्रधानमन्त्री देउवासँग भेटघाट गरी छलफलको सुरुवात गरेका थिए । आजै उनी भद्रपुर, झापा हुँदै वागडोरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने र त्यहाँबट नेपाली नेताले दिएको राजनीतिक सन्देशसहित नयाँ दिल्ली पुग्दैछन् । उनी भद्रपुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top