×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘केही साथी बीचमै थाके र पछि हटे, हामी क्रान्तिकारी भएर अघि बढिरहन्छौँ’

१० भाद्र २०७८

१० भदौ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली कम्युनिस्ट आन्दोलन र सिद्धान्तबाट धेरै पर पुगिसकेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement

काठमाण्डौमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भ्रष्ट र बिचौलियाको सङ्गतमा लागेर कम्युनिस्ट सिद्धान्तबाट विचलित भइसकेको बताए ।

‘पार्टीको अध्यक्ष भएपछि सबैको कुरा सुन्नपर्थ्यो, कम्युनिस्ट आदर्शलाई फलो गर्नुपर्थ्यो तर ओलीले आफ्नो प्रशंसा गर्दै नाच्नेलाई मात्रै आफ्नो ठाने, हामीजस्ता क्रान्तिकारीलाई घोचपेच र पीडित बनाउने मात्रै काम गरे’, नेपालले भने ।

नेता नेपालले पहिले आफ्नो पक्षमा रहेका नेताहरू अहिले ओली पक्षमा गएकोमा दु;ख नलागेको बताए । ‘कोही बीचैमा थाक्दा रहेछन्, आँट घट्दो रहेछ । थाक्ने थाकिरहन्छन्, अगाडि बढ्नेहरू र क्रान्तिकारी दिशामा पार्टीलाई लैजान चाहनेहरू अघि बढिरहन्छन् । अब छुटेका र छुट्न चाहेका साथीको कुरा नगरौँ, हामी क्रान्तिकारी ढङ्गले अघि बढ्ने बाटोमा लागिसक्यौँ’, अध्यक्ष नेपालले भने ।

Advertisement

अहिले आफ्नो साथ छाडेकाहरूले केही समयअघि नै निर्वाचन आयोगमा छुट्टै दल दर्ता गरेको दाबी गर्दै अध्यक्ष नेपालले कुनै दिन ओली समूहमा लागेकोमा पछुतो लागेमा फेरि फर्कने पनि बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top