टिकटक भिडियो बनाएको भन्दै सार्वजनिक स्थानमा यौन दुर्व्यवहार

१० भदौ, एजेन्सी ।

पाकिस्तानमा टिकटक भिडियो बनाएको आरोपमा एक महिलामाथि सार्वजनिक स्थानमा यौन दुव्र्यवहार भएको छ । लाहोरको एउटा पार्कमा एक महिलामाथि दुव्र्यवहार भएको हो ।

घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा मानिसहरुको एउटा समूहले लाहोरको एउटा पार्कमा टिकटक भिडियो बनाइरहेकी ती महिलालाई लछारपछार गरी लुगा फुकालिदिएको देखाइएको छ ।

भीडले ती युवतीलाई आफ्ना साथीबाट अलग गरेर उनका गहन, पैसा, मोबाइल फोन लुटेर भुईमा फालिदिएको थियो । त्यसपछि लुगा खोलेर युवतीलाई दुव्र्यबहार गरिएको थियो ।

प्रहरीले आक्रमणमा संलग्न ४० जनाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य ६६ जनाको खोजी भइरहेको छ । दुव्र्यवहारबारे चासो नदेखाएको भन्दै दुई प्रहरी अधिकारी निलम्बनमा परेका छन् । आक्रमणको विभिन्न राजनीतिक दलका नेताले निन्दा गरेका छन् ।

पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष विलवाल भुट्टोले घटनाले सम्पूर्ण पाकिस्तानी लज्जित भएको टिप्पणी गरेका छन् । महिलामाथि दुव्र्यवहार गर्ने देशको सूचीमा पाकिस्तान छैटौ स्थानमा पर्छ । सन् २०१९ मा गरिएको एक सर्बेक्षणअनुसार पाकिस्तानमा भएका बलात्कारका मुद्दामध्ये जम्मा ३ प्रतिशतको मात्र कानुनी प्रक्रिया पूरा हुन्छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top