मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० जनाको मृत्यु

१० भदौ, एजेन्सी ।

मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् । देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ ।

बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृह मन्त्री रेमीगियो सेबालोसले जानकारी दिए । राष्ट्रिय टेलिभिजनबाट संवोधन गदैै उनले भारी वर्षा आगामी १० दिन पनि कायमै रहने सम्भावना देखिएको बताए ।

उनले वर्षाको सम्भावना अझै बाँकी रहेकोले बाढी पहिरो अझै बढ्न सक्ने खतरा रहेको पनि उल्लेख गरे । थप बाढी पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन सबै निकायलाई आग्रह गर्दै उनले उद्धारकार्यका लागि तयारी अवस्थामा रहन सरकारी अधिकारीलाई निर्देशन दिए ।

बाढी पहिरोका कारण यातायात सेवा प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवासमेत अवरुद्ध भएको छ । आम नागरिकको दैनिकी नै नराम्रोसँग प्रभावित भएको र धेरै मानिस त्रसित अवस्थामा रहेको अधिकारीले जानकारी दिएका छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top