माधव नेपालको पार्टी एमसीसी परिमार्जन गर्नुपर्ने पक्षमा

१० भदौ ७८, बिहीबार
Share this
735shares

१० भदौ, काठमाडौं ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने पक्षमा रहेको जनाएको छ ।

एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुले सोधेको प्रश्न उत्तर दिँदै एमसीसी परियोजना परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

Advertisement

उनले विगतमा अध्ययन गरेको सो प्रतिवेदनमा रहेका मान्यतालाई आधार मानेर, सुधार गरेर, परिमार्जन गरेर नेपालको हीतमा नै प्रयोग हुने गरी अघि बढाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘ यो कुनै पनि रणनीतिक योजनाको अंग नबनोस्, विदेशीहरुविरुद्धमा त्यो लक्षित नहोस्, नेपालीहरुको हितमा कुठाराघात नहोस् भन्ने कुरामा विशेष हामी जोड दिनेछौँ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top