११ भदाै, एजेन्सी ।
मालीका पूर्ब प्रधानमन्त्री बौबेये माइगालाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रपतिका लागि जहाज खरिद प्रकरणमा उनलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त जहाज चार करोड डलरमा खरिद गरिएको थियो ।
अलजजिराले भने गिरफ्तारीको कारण अझै स्पष्ट भइनसकेको भएपनि सन् २०१४ मा खरिद गरिएको जहाजसँग जोडिएको हुन सक्ने बताएको छ । पूर्ब प्रधानमन्त्री माइगाका अधिवक्ता कसौम टापोले हामीले अझै फाइल हेर्न नपाएकोले स्पष्ट भन्ने अवस्था नरहेको रोयटर्ससँगको कुराकानीमा उल्लेख गरेका छन् ।
माइगाले सन् २०१७ देखि २०१९ सम्म मालीका प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए । आगामी वर्ष हुने चुनाबमा राष्ट्रपति पदका लागि तयारी गरेका माइगाको गिरफ्तारीले चुनाबी अभियानमा धक्का लाग्ने बताइएको छ ।
