कैलालीमा सेनिटाइजर पिएका व्यक्तिकाे मृत्यु

१२ भदौ, धनगढी ।

Advertisement

कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्यु भएको हाे ।

सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए । त्यहाँ उनलाई स्लाइन चढाइएको थियो । समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  उनले सेनिटाइजर किन पिए भन्ने कुरा खुल्न सकेकाे छैन ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top