×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

कोरोना त्रासले राति नाचेरै नीलबाराही नाच सम्पन्न

१२ भाद्र २०७८

१२ भदाै, भक्तपुर।

मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँखअर्थात् नीलबाराही नाच सम्पन्न भएको छ ।

Advertisement
Advertisement

दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ गतेदेखि सुरु भई शुक्रवार सम्पन्न भएको हो कोरोना सङ्क्रमणको त्रासका कारण यस वर्ष प्रसिद्ध नीलबाराही नाच राति मात्रै सञ्चालन भएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेअनुसार राति मात्रै नाच सञ्चालन गरी सम्पन्न भएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

विगतका वर्षमा राति र दिउँसो टोल टोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्दै, टोल टोलमा राति नाच देखाइएको थियो । स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएअनुसार सञ्चालन गरिएको हो । वर्षौँदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय गरिएको थियो । राति सञ्चालन गर्दा जात्रामा भिडभाड कम हुने भएकाले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि सङ्क्रमणबाट जोगिन तथा जोगाउन सचेतना अपनाउन राति सञ्चालन गरिएको हो ।

बोडेको अखाः द्यो छेँबाट सुरु भएको यो नाच तीन रातसम्म नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन ः अखाः द्यो छेँमा पुगेर समापन गरिएको थियो । नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।

देवगणमा भैरव एक, वाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम रहेको छ ।

नाचमा देवगणले मुकुन्डो लगाएर घण्टौँसम्म टोल टोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुअर्थात् सहयोगीको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ । नाचका अगाडि र पछाडि बाल्ने चिराग अर्थात् बत्ती पनि निभ्नु हुँदैन भन्ने मान्यता छ ।

नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्याँखा स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताः लगायतको बाजा बजाईने परम्परा छ । नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गर्नुभएको भन्ने वंशावलीमा उल्लेख छ ।

पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर, नीलबाराही जङ्गलमा लगेर तान्त्रिक नृत्य सिकाउनुभएको भन्ने जनविश्वास छ । देवी स्वयंले सिकाउनुभएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीयवासीले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन् ।

Advertisement

नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यस बेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top