श्रीलांकाले खुलायो भारतसँगको नाका

१३ भदौं , काठमाडौं ।

श्रीलंकाले भारतसँगको सीमा नाका खुला गरेको छ। कोरोनाभाइरसको महामारीका कारण दुई देशबीचको नाका लामो समयदेखि बन्द गरिएको थियो।

खुला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिलाई मात्रै आवतजावत गर्न दिइने भएको छ। यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको मात्रै देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

सरकारी अधिकारीले जारी गरेको वक्तव्यका अनुसार श्रीलंकाबाट भारतको चेन्नाइ, मुम्बई, बैंलोरलगायत क्षेत्रमा हवाई उडानसमेत सुरु हुनेछ। त्यसका लागि उडान तालिकासमेत बनिसकेको उनीहरुले जनाएका छन्।

स्वास्थ्य सुरक्षाको अवस्था, माग, आवश्यकतालगायत आधारमा आवतजावतको तालिका थप विस्तार पनि हुने वक्तव्यमा उल्लेख गरिएको छ। श्रीलंकन एयरलाइन्ससहित विभिन्न विमान सेवा प्रदायक कम्पनीले यात्रुका लागि सहुलियत तथा आकर्षक प्याकेज पनि घोषणा गरेको छ।

श्रीलंकाबाट भारत जानेभन्दा पनि भारतबाट श्रीलंका आउनका लागि प्रेरित गर्न खोजिएको र यसले विस्तारै देशको पर्यटन, व्यापार, व्यवसायलाई पुनःउत्थान गर्न सजिलो बनाउने धेरैले विश्वास लिएका छन्।

श्रीलंका आएकालाई देशको जुनसुकै ठाउँ पनि जान सकिने व्यवस्था गरिएको तर स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने सर्त भने राखिएको अधिकारीहरुले जानकारी दिएका छन्।

श्रीलंकामा अहिलेसम्म चार लाख १६ हजार ९६१ जना कोरोनाभाइरसबाट संक्र्रमित भएका छन्। तीमध्ये आठ हजार ३७१ जनाको मृत्यु भएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top