नेपाली कांग्रेस महाधिवेशन : थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित

Share this
796shares

१३ भदौ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसले १४औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको क्रियाशील सदस्यको नामावली पार्टीको वेभसाइटमा प्रकाशित गरेको हो।

Advertisement

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top