×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल

१३ भाद्र २०७८

१३ भदौ, काठमाडौँ  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको छ ।

सोमबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने देउवाको तयारी रहेको बालुवाटार निकट स्रोतले बताएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालयको संख्याबारे मोटामोटी सहमित भए पनि कुन मन्त्रालय भन्ने विषयमा भागबण्डा नमिलेकाले आइतबारको यो बैठकले मन्त्रालयसमेत टुंगो लगाउने जनाइएको छ ।

मन्त्रालयले टुंगो लागेपछि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ । गठबन्धनबीच काँग्रेसबाट ७ , माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट ६–६ मन्त्री बनाउने टुंगो भएको छ ।

गत जेठ २९ मा प्रधानमन्त्री बनेका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्ता सहयात्री माधवकुमार नेपालको समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

Advertisement

अब माधवकुमार नेपालले एमालेले विभाजन गरेर एकीकृत समाजवादीको प्रमाण पत्रसमेत पाइसकेकाले मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा सक्रिए भएका हुन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top