झलनाथ खनाल स्वदेश फर्किए

१४ भदाै, काठमाडौं ।

Advertisement

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन्। मिर्गौलामा समस्या देखिएपछि भारतस्थित अपोलो अस्पतालमा उपचार गराएर नेता खनाल सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन्।

खनालको स्वागतको लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु वेदुराम भुसाल, गंगालाल तुलाधर, मुकुन्द न्यापाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल लगायतका नेता तथा कार्यकर्ता त्रिभुवन विमानस्थलमा पुगेका थिए।

Advertisement

उनी दिल्लीमा रहँदा नेकपा एमाले विभाजित भएको थियो। विभाजित दलको वरिष्ठ नेतामा खनाल रहेका छन्।

अपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top