थप २,२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

१४ भदौ, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ । त्यस्तै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top