खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा

१४ भदौ ७८, मंगलबार

काठमाडौं : विज्ञले खोप लगाएर मात्रै कोरोनाबाट पूर्ण सुरक्षित नभइने औंल्याएका छन्। कोभिड १९ को खोप लगाएपछि पनि कोरोना संक्रमण हुने र कतिपयमा जटिल समस्यासमेत देखिने भएकाले खोप लगाए पनि लापरबाही गर्न नहुने सुझाव उनीहरूको छ।

Advertisement

परिवार कल्याण महाशाखाका प्रमुख डा। तारानाथ पोखरेलका अनुसार हाम्रो शरीरमा विभिन्न खालका रक्तकोष हुन्छन्। खोपमा हुने कोरोना भाइरसजस्तै तत्व रगतको टि–सेलमा पुगेपछि मेमोरी सेलले त्यसको फोटो खिचेर राख्छ। शरीरमा चाहिएका बेला अर्थात् कोरोना भाइरस प्रवेश गर्नेबित्तिकै खोपमा रहेको कोरोना भाइरसजस्तै ठानेर शरीरले एन्टिबडी बनाउन थाल्छ। भाइरसले रूप परिवर्तन गरेको भए हामीले लगाएको खोपले त्यस्तो भाइरसविरुद्ध काम नगर्न सक्छ। यस्तो बेलामा खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमणले जटिल समस्या हुन सक्छ।

अर्कोतर्फ खोप लिए पनि कतिपय व्यक्तिको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी बन्दैन। कुनै पनि खोपले सय प्रतिशत काम गर्ने सुनिश्चितता हुँदैन। नेपालमा हाल प्रयोगमा आएका खोपले ८५ देखि ९० प्रतिशतसम्म मात्र काम गर्ने उत्पादक कम्पनीले नै औंल्याएका छन्। एन्टिबडी बन्ने सुनिश्चितता नभएका १० देखि १५ प्रतिशतभित्र हामी पनि पर्न सक्ने भएकाले खोप लगाएकाले पनि जनस्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले सुझाएका छन्। ‘खोप लगाउनु भनेको कोरोना भाइरसको निर्विकल्प औषधि हैन। खोप लगाएको छ भन्दैमा लापरबाही गर्नु हुँदैन’, डा. पोखरेलले भने।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै खोप लिएका र नलिएका दुवैले नेपालमा कोरोना पूर्ण रूपमा नियन्त्रण नभएसम्म जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका छन्। ‘खोप लिँदैमा कोरोनाबाट बच्ने पूर्ण सुनिश्चितता हुँदैन। सबैले कोरोनाको लक्षणमध्ये कुनै देखिएमा परीक्षण गरौं र आइसोलेसनमा बसौं’, उनले उल्लेख गरेका छन्।, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top