एपीवान टिभीले अब एमसीसीको विज्ञापन प्रशारण नगर्ने

१५ भदौ ७८, मंगलबार
Share this
790shares

१५ भदौ, काठमाडौं ।
एपीवान टेलिभिजनले अमेरिकी सहायताको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनमानसमा रहेको भ्रम चिर्न भन्दै बनाइएको विज्ञापन विज्ञापन आइन्दा प्रशारण नगर्ने जनाएको छ ।

Advertisement

विज्ञापन प्रसारणपछि व्यापक आलोचना भएसँगै सो टेलिभिजनले एमसीसीको विज्ञापन नबजाउने घोषणा गरेको हो । फेसबुक पेजमा आम दर्शक तथा शुभचिन्तकबाट ध्यानाकर्षण भएपछि यो निर्णय लिइएको उल्लेख गरिएको एपीवानले जनाएको छ ।

टेलिभिजनद्वारा जारी सूचनामा भनिएको छ ‘निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम र कानूनभित्र रहेर प्रशारण गरिएको भए पनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनुभएका कारण सार्वजनिक दाइित्कव पालना गरिएको जिम्मेवार संस्थाको रुपमा एपीवान व्यवस्थापनले उक्त विज्ञापन अब उप्रान्त प्रशारण नगर्ने निर्णय गरेको छ ।’

Advertisement

एमसीसीको विज्ञापन पहिलोपटक एपीवान टेलिभिजनमा बजाउन थालिएको थियो । एमसीसीबारे विभिन्न अफवाहहरु फैलिएकाले यो कसरी नेपालको हितमा छ भन्ने बुझाउन सन्देशमूलक विज्ञापन बनाएर प्रशारण गरिएको एमसीए नेपालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top