वाइसिएल नेतृत्व चयनमा विवाद, चार दिनमा पनि नटुंगिएपछि प्रचण्डलाई जिम्मा

१४ भदौ ७८, मंगलबार

१५ भदौ, काठमाडौं ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) मा सहमति नहुँदा चार दिनदेखि नेतृत्व चयन हुन सकेको छैन । वाइसिएल विधानअनुसार ४० वर्षे उमेर हदका कारण निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा ’दीपशिखा’ले नेतृत्वबाट बाहिरिएका छन् । भावी नेतृत्वका लागि दुई जना नेताले दावी गरेका छन् । दुई जनाको दाबीले नेतृत्व चयन सकसमा परेको हो ।

मुख्यतः निवर्तमान उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध श्रीपाईलीले नेतृत्वमा दावी गरेपछि वाइसिएलको राष्ट्रिय भेला १३ भदौमा कुनै निर्णयबिनै सकिएको थियो ।

‘राष्ट्रिय भेलाले नेतृत्व चयन गर्न नसकेपछि त्यसको जिम्मा पार्टीलाई दिइएको थियो, हिजो बसेको स्थायी कमिटीले पनि निर्णय गर्न नसकेपछि अध्यक्षज्यू (प्रचण्ड)लाई जिम्मेवारी दिइएको छ,’ प्रवक्ता पुष्प ओलीले भने, ‘अध्यक्षज्यूलाई जिम्मा दिएपछि नेतृत्व चयनका लागि दुवै पक्षका नेताहरु खुमलटार पुग्नु भएको छ, सहमति प्रयास जारी छ ।’ उनका अनुसार हिजो बसेको स्थायी कमिटीले पनि देवकोटा कि श्रीपाईली भन्ने निर्णय लिन नसकेपछि अध्यक्ष प्रचण्डलाई जिम्मा दिइएको हो ।

‘देवकोटाजीलाई तत्काल महाधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाउने र अधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्नेदेखि अन्य विकल्पमा छलफल भए पनि स्थायी कमिटीले कुनै निर्णय लिन नसकेपछि अध्यक्षलाई जिम्मेवारी दिइएको हो,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने ।

अध्यक्षका दावेदार देवकोटाले उमेर हद कटाउनका लागि १ बर्ष मात्रै बाँकी रहेकाले महाधिवेशनसम्म आफूले नेतृत्व पाउनुपर्ने दावी गरेका छन् । श्रीपाईलीले भने एक वर्षका लागि नेतृत्व दिने फेरि अर्को बर्ष अर्को नेतृत्व चयन गर्दा संगठन क्रियाशील नहुने तर्क गर्दै आफूले नेतृत्व पाउनुपर्ने तर्क गरेका छन् । दुवै पक्षलाई मनाएर सहमतिमा नेतृत्व चयन गराउन यतिखेर अध्यक्ष प्रचण्डले खुमलटार निवासमा दुवै पक्षलाई बोलाएर छलफल गरिरहेको प्रवक्ता वलीले जानकारी दिए ।

गत भदौ १२ गते उदघाटन भएको २ दिने राष्ट्रिय सम्मेलनले २३१ जनाको केन्द्रीय कमिटी बनाउने र सो केन्द्रीय कमिटीले ३५ जना पदाधिकारी चयन गर्नेदेखि ३ वटा केन्द्रीय आयोगहरु बनाउने निर्णय भने सर्वसम्मत रुपमा गरिसकेको छ ।

भदौ २०७४ मा भएको राष्ट्रिय भेलाले सापकोटालाई अध्यक्ष, देवकोटालाई उपाध्यक्ष र श्रीपाइलीलाई महासचिव चयन गरेको थियो । चार वर्षपछि नेतृत्व हस्तान्तरण गर्ने बेलामा देवकोटा र श्रीपाइलीले दावी गरेपछि मुल नेतृत्वसमेत अप्ठयारोमा परेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top