×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माओवादीको भागमा ६ मन्त्रालय, आकांक्षी धेरै भएपछि आलोपालोको प्रस्ताव

१५ भाद्र २०७८

१५ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालय मात्रै पाउने भएको छ ।

Advertisement
Advertisement

एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ ।

‘माधवजीहरु पनि सरकारमा सामेल हुने भएपछि स्वतः माओवादी केन्द्रले पाउने मन्त्रालय घटेको छ । तर आकांक्षी भने सबै सांसदहरु देखिएका छन्,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘सांसद मात्रै होइनन्, सांसदभन्दा बाहिरका साथीहरु पनि आकांक्षी देखिएपछि आलोपालो गरी मन्त्री बनाउने कि भन्ने छलफल हिजो पनि भएको थियो ।’ उनका अनुसार भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल)को नेतृत्व चयनदेखि सरकारमा मन्त्री पठाउने विषयमा सोमवारको स्थायी कमिटीमा छलफल भएको थियो ।

‘गठबन्धनको बैठकबाट फर्किनु भएको अध्यक्षले माओवादी केन्द्रले ६ वटा मन्त्रालय पाउने जानकारी गराउनु भयो । तर अझैसम्म कुन कुन मन्त्रालय पाउने भने नटुंगिएको बुझियो,’ गजुरेलले भने, ‘मन्त्रालय कम हुने भएकाले कसरी र कुन कुन नेतालाई मन्त्री बनाउने भन्नेमा प्रारम्भिक छलफल चाँही भयो । तर निष्कर्षमा भने पुगिएको छैन ।’ उनका अनुसार सांसदभन्दा बाहिरकाले पनि मन्त्रीका लागि इच्छा राखेपछि पार्टीमा थप समस्या देखा परेको छ ।

संविधानतः प्रधानमन्त्री देउवाले २५ भन्दा बढी सदस्यीय मन्त्रिमण्डल बनाउन पाउँदैनन् । तर देउवाले सो संख्याभित्र कांग्रेससहित माओवादी केन्द्र, जसपा, नेकपा (एस) मात्रै होइन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि मन्त्रिमण्डलमा समावेश गराउनुपर्ने बाध्यता छ ।

जसकारण डेढ महिना वितिसक्दा पनि देउवाले आफनो मन्त्रिमण्डल विस्तार गर्न अझै सकेका छैनन् । तर सत्तारुढ गठबन्धनका नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन नियमित छलफलमा छन् । नेपाली राजनीतिक इतिहासमा सम्भवतः यति लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता नपाएको यो पहिलोपटक हो ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top