×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

सरकारलाई अध्यादेश बचाउन अध्यादेश ल्याउनुपर्ने बाध्यता

१५ भाद्र २०७८

१५ भदाै, काठमाडाैँ ।

सरकारको ध्यान मन्त्रीपरिषदको बिस्तार र अन्य राजनैतिक मुद्दामा अलमलिँदा सरकारले नै अगाडि सारेका अध्यादेश निष्कृय हुने संभावना बढेको छ । सरकारलाई बजेट सम्बन्धी अध्यादेश के गर्ने भन्ने विषयले तत्काल निष्कर्ष नपाउँदा अध्यादेश बचाउन अध्यादेश ल्याउनु पर्ने देखिन्छ ।

Advertisement
Advertisement

संविधानको धारा ७२ को ५ अनुसारको सरकार निर्माणमा दलहरु बीचको किचलोलाई सर्वोच्च अदालतको परामादेशले किनारा लगाएर पुनःस्थापित भएको प्रतिनिधिसभा झण्डै काम विहीन भएर अन्त्य भयो । गत साउन ३ गते बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने र अध्यादेश टेबल गर्ने बाहेक उल्लेख्य काम हुन सकेन । अहिले संसदमा टेबल भएका अध्यादेश के गर्ने भन्ने सर्वत्र चासो छ । कतै प्रतिस्थापन विधेयक नआउदा निष्कृय हुने हो कि भन्ने आशंका पनि छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले जारी गरेका अध्यादेशहरुलाई लागू गराउन संसद प्रतिस्थापन विधेयक आवश्यक रहेको बताए । सहायक प्रवक्ता धमलाले सरकारले जारी गरेका अध्यादेशहरुलाई लागू गराउन अधिवेशन आह्वान नगरे पुनः अध्यादेश नै ल्याएर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्। सहायक प्रवक्ता धमलाका अनुसार अधिवेशन आह्वान गर्ने सन्दर्भमा प्रतिनिधिसभाको निर्वाचनको परिणाम घोषणा भएको मितिले एक महिना भित्र प्रतिनिधि सभाको, संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्छ भनिएको बाहेक अन्य अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले आवश्यकता अनुसार दुवै सदनको अथवा कुनै एक सदनको अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था रहेको छ । उनले सरकारले अधिवेशन बोलाउन आवश्यक ठानेर राष्ट्रपतिकोमा सिफारिस गरे कुनै पनि समयमा अधिवेशनहरु आह्वान हुन सक्ने बताए ।

सहायक प्रवक्ता धमलाले भने, ‘संसदमा केही अध्यादेशहरु प्रश्तुत भएका छन् । प्रश्तुत भएका अध्यादेशहरुलाई संसदले कि त स्वीकार गरेर जानुपर्ने हुन्छ, कि त ६० दिन पछाडी स्वतः निष्क्रिय हुने व्यवस्था छ । त्यसको पनि समय छोटिँदै छ । केही समयपछि ६० दिन पुग्न लागेको छ । त्यसपछाडि ती अध्यादेशहरु निष्क्रिय हुन्छन् । कि त अधिवेशन आह्वान भएर संसद प्रतिस्थापन विधेयक सरकारले ल्याएर त्यसलाई अगाडि बढाउनु पर्छ । कि यदि अधिवेशन आह्वान भएन भने फेरि अध्यादेश नै जारी गरेर, जब त्यसको अवधि सकिन्छ, ६० दिन पुग्छ, त्यसपछि सरकारले पुनः अध्यादेश नै ल्याएर अगाडि बढाउनु पर्ने हुन्छ । अधिवेशन आह्वान सन्दर्भमा कस्तो व्यवस्था छ भन्ने सन्दर्भमा नेपालको संविधानको धारा ९३ मा अधिवेशन आह्वान गर्ने व्यवस्था छ । त्यहाँ प्रतिनिधिसभाको निर्वाचनको परिणाम घोषणा भएको मितिले एक महिना भित्र प्रतिनिधि सभाको, संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्छ भनिएको छ । त्यस पछाडि राष्ट्रपतिले समय–समयमा दुवै सदनको अथवा कुनै एक सदनको पनि अधिवेशन आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । यसको अर्थ के हो भने कुनै पनि समयमा अधिवेशनहरु आह्वान हुन सक्छन् ।जस्तो अस्ति एउटा अधिवेशन अन्त्य भयो । फेरि अर्को अधिवेशन आवश्यक्ता ठान्यो सरकारले र सिफारिस गर्यो भने राष्ट्रपतिबाट अधिवेशन आह्वान हुन सक्छ । अधिवेशन आह्वान गर्नलाई, अधिवेशन सञ्चालन गर्नका लागि यो समय बस्नुपर्छ, यति वटै बस्नुपर्छ भन्ने खालको कुनैपनि संवैधानिक, कानूनि रुपमा अवरोध गरेको अथवा तोकिएको त्यस्तो छैन ।जुनसुकै समयमा जति वटा पनि अधिवेशन हुनसक्ने व्यवस्था छ ।’

यस्तै संविधानमा भएको अर्को ब्यबस्था अनुसार विशेष कामका लागि निश्चित समय तोकि बोलाइने अधिवेशनलाई विशेष अधिवेशनको नाम दिइएको बताए । अहिले बिभिन्न मिडियाहरुमा अधिवेशन बोलाउने ब्यबस्थामा फरक फरक समाचार आइरहेको प्रति संकेत गर्दै संविधानमा नियमित अधिवेशनको कुनै विशेष नाम नभएको स्पष्ट पारे । उनले सरकारले हिउँद तिर बोलाउने अधिवेशनको नाम यही भनि तोकेर कतै नलेखिएको भन्दै यसलाई विधेयक अधिवेशन भन्ने गरिएको बताए। यस्तै जेठ असारमा बोलाइने अधिवेशनलाई बजेट अधिवेशन भनिए पनि यो अधिवेशन मात्र भएको बताए । जेठ १५ गते आगामि आर्थिक वर्षको बजेट ल्याउनु पर्ने भएकोले बजेट अधिवेशन भन्ने गरेको बताए ।

उनले भने, ‘अहिले जनमानसमा दुई वटा मात्रै अधिवेशन हुनुपर्ने भन्ने छ, त्यसलाई के नाम दिने, त्यो के हो, नियमित हो कि होइन, भन्ने भन्ने खालको जिज्ञासा वा कौतुहलता छ , संविधानले यति वटै हुनुपर्छ भनेको छैन, हाम्रो चलन चल्ती र परम्पराले के गर्दै आएको हो र हाम्रो प्राक्टिस के भयो भने साउनबाट आर्थिक वर्ष शुरुवात हुन्छ । त्यही सेरोफेरोमा बजेट पेश हुन्छ, संविधानले अहिले जेठ १५ गते पेश गर्ने भनेको छ, त्यो बेलामा संसदमा बजेट पेश गर्ने र त्यसलाई पारित गर्ने त्यो प्रक्रियागत ढंगले जाँदा पनि लामो समय लाग्छ, त्यो अधिवेशन मुख्यतः बजेटमै फोकस गर्ने हुनाले जनमानसमा के छ भने त्यो अधिवेशन भनेको बजेट अधिवेशन हो भन्ने चलन छ, बजेट पारित गरिसकेपछि संसदको काम के हो भन्दा विधेयक पारित गर्ने अरु संसदीय काम कारबाही हुन्छन्, ती कुराहरुमा केन्द्रीत हुनुपर्छ । र हिउँद तिर बोलाइएको अधिवेशनमा चाहीँ बजेटको अलावा विधेयक अधिवेशन भन्ने गरियो लिखित रुपमा कहीँपनि छैन, हामीले बनाएको चलन हो । यी दुईवटा अधिवेशन सामान्यतया हुँदै आएको हुनाले त्यसरी नै बुझ्ने गरिन्छ । यथार्थमा बजेट अधिवेशन अथवा विधेयक अधिवेशन भनेर लिखित रुपमा हाम्रो कुनै पनि कानूनमा व्यवस्था छैन । यी दुईवटा भन्दा बाहेक समय अरु समय बोलाइएको अधिवेशनलाई के भन्ने सन्दर्भमा कुनै कुरा तोकर यो काम नै गर्ने भनेर विशेष ढंगले भनिन्छ र त्यो निश्चित तोकिएको कामका लागि मात्रै अधिवेशन बसेर काम सकिन्छ वा अधिवेशन टुंगिन्छ भने त्यसलाई हामीले विगतदेखि नै विशेष अधिवेशन भन्ने गरेका छौँ । तोकिएका काम बाहेक पनि संसदले काम गर्छ भने त्यसलाई नियमित अधिवेशन भन्छौँ । ’

Advertisement

सहायक प्रवक्ता धमलाले एउटा अध्यादेश आएर त्यसलाई संसदले पास नगरेको अवस्थामा संसदको अधिवेशन अन्त्य भयो, त्यो समयमा अध्यादेशको अवधि ६० दिन पुगिसक्यो र तत्काल संसद छैन भने त्यस्तो अवस्थामा सरकारले विगतको अध्यादेशमै केही परिमार्जन गरेर पुनः अध्यादेश ल्याउन सक्ने बताए । सदनमा प्रस्तुत भएका अध्यादेशहरुमा बजेट तथा कार्यक्रम समेटिएको आर्थिक अध्यादेश, विनियोजन सम्बन्धी अध्यादेश लगायत अन्य टेबल भएका अध्यादेश ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर अगाडि बढाउने वा निष्कृय बनाउनु पर्ने संवैधानिक बाध्यता छ । सरकारले जारी गरेका अध्यादेशको छिनोफानो असोज ३ गते भित्र गरिसक्नु पर्नेछ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top