थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

१५ भदौ, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

Advertisement

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ । त्यस्तै मृत्‍यु हुनेको संख्या १० हजार ७५० पुगेको छ भने ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१३, झापामा १३६, कास्कीमा १२६, सुनसरीमा ९५, ललितपुरमा ८७ र चितवनमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top