नेकपा (एस) प्रदेश २ सरकारमा सहभागी हुने

१५ भदाै, जनकपुरधाम ।

Advertisement

माधव कुमार नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नंं २ को सरकारमा सहभागी हुने भएको छ ।

पार्टीका नेता एवं प्रदेश सभाका सदस्य शत्रुधन महतोले दुई/तीन दिन भित्रमा नै पार्टीको प्रदेश सभाका सदस्यहरूले हस्ताक्षर गरेर निर्वाचन आयोग तथा प्रदेश सभा सचिवालयमा दर्ता गरेपछि सरकारमा सहभागी हुने  जानकारी दिए ।

Advertisement

उनले आफूहरूको साथमा अहिले १३ जना प्रदेश सभाका सदस्य भएको बताउँदै त्यस मध्ये एक जना भारतको दिल्लीमा उपचारको क्रममा रहेको जानकारी पनि दिए । नेकपा एमालेमा प्रदेश नंं २ मा २१ जना प्रदेश सभाका सदस्य रहेका छन् ।

आफूहरूको अध्यक्षले नै सरकारमा सहभागी हुने बताएकाले सरकारमा सहभागी हुने निश्चित भएको उनले बताए । प्रदेश नंं २ मा अहिले जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेपाली काँग्रेसले ३ वटा मन्त्रालय, नेकपा (माओवादी केन्द्र)ले १ वटा मन्त्रालय सहित प्रदेश सरकारमा सहभागी रहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top