संसदीय समितिमा महत्त्वपूर्ण कागजात राखिएकाे ‘लाल बाकस’ खोजी

१५ भदौ ७८, बुधबार

१६ भदाै, काठमाडौँ ।

Advertisement

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्त्वपूर्ण कागजातसहितको दस्ताबेज राखिने गरेको ‘लाल बाकस’को बारेमा छलफल भएको छ ।

समितिको मंगलबारको बैठकमा सभापति रामनारायण बिडारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई विगतमा नारायणहिटी दरबारमा रहेको भनिएको ‘लाल बाकस’ बारे जिज्ञासा राखेका थिए ।

Advertisement

सभापति बिडारीले पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोड्ने क्रममा विभिन्न निकायले सामानको जिम्मा लिएकोमा ‘लाल बाकस’ पनि पुरातत्त्व विभाग मातहत राष्ट्रिय अभिलेखालयमा राख्न प्रमुखलाई खबर गरे पनि बाकस नआएको जानकारी प्राप्त भएको बताए ।

परराष्ट्र मन्त्रालयको जैसी कोठा र गुन्सी खानाका हाकिम र तत्कालीन परराष्ट्र मन्त्रालयका सचिव समेतले मुलुकका सन्धि, सम्झौता, कानुन लगायतका महत्त्वपूर्ण सक्कली सबै कागजात दरबारमा अनिवार्य रुपमा बुझाएका कागजात ‘लाल बाकस’ मा राखिने गरेको जानकारी गराएका थिए ।

Advertisement

समितिले हनुमान ढोकास्थित बहुमूल्य बस्तु रहेको भनिएको बन्द घरमा के कति कस्ता सामग्री छन् खोलेर हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बैठकले हनुमान ढोका दरबार क्षेत्रका भूकम्पपछिको पुनः निर्माणका क्रममा थुपारिएका पुराना तर महत्त्वपूर्ण काठलाई यथाशीघ्र व्यवस्थापन गर्न पनि मन्त्रालय पदाधिकारीलाई निर्देशन दिएको छ ।

समितिले केही समयअघि हनुमान ढोका, नारायणहिटी, राष्ट्रिय पुस्तकालय, मृगस्थलीस्थित योगी नरहरिनाथ कुटीको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top