×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

ठूलाबडासँग किन उठाएन प्राधिकरणले ३५ अर्ब ?

१६ भाद्र २०७८

काठमाडों: विद्युत् प्राधिकरणले मिटर रिडिङ भएको ६० दिनभित्र महसुल भुक्तानी नगरे बिना सूचना लाइन काट्छ । सर्वसाधारणले गुनासो पोखे, प्राधिकरणले आफ्नो विनियमावली अघि सार्छ । तर, ठूला घराना र व्यापारिक प्रतिष्ठानले वर्षौदेखि झण्डै ३५ अर्ब रुपैयाँ भुक्तानी नगर्दा पनि प्राधिकरणले लाइन काटेको छैन। न त, बक्यौता उठाउनै सकेको छ ।

ठूला उद्योगी, व्यापारीहरू र ठूला घरानाहरूको हेपाहा प्रवृत्तिका कारण नै प्राधिकरणले बक्यौता उठाउन नसकेको सञ्चालक समितिका पूर्वसदस्य डा. सुरज लामिछानेले बताए । सरकारी निकाय भएकाले चेक, जाँच र दण्ड÷जरिवाना फितलो हुने मान्यताका कारण पनि बक्यौता बढ्दै गएको उनको भनाइ छ ।

Advertisement
Advertisement

अहिले प्राधिकरणको बक्यौता झन्डै ३५ अर्ब रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७६/०७७ मा ३२ अर्ब बढी बक्यौता थियो । एक वर्षमा २ अर्ब १५ करोड रुपैयाँ बक्यौता बढेको तथ्यांकले नै पुष्टि गर्छ । त्यसमध्ये १५ अर्ब ५३ करोड रुपैयाँ डेडिकेटेड तथा ट्रंक लाइन बापतको छ । करिब २० अर्ब रुपैयाँ गार्हस्थलगायत अन्य क्षेत्रको छ । यसमा पनि ठूला उद्योगी र घरानाहरूले नै महसुल तिरेका छैनन् । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्नेमा औद्योगिक क्षेत्र अग्रभागमा छ । अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, शिवम् सिमेन्ट लगायतको ठूलो रकम ट्रंक लाइन बापतको बक्यौता छ ।

२०७३ असारपछि डेडिकेटेड र ट्रंक लाइनको महसुल निर्धारण भएको थियो । २०७३ असारदेखि लोडसेडिङ अन्त्यको घोषणा भएको २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंक लाइन बापतको १५ अर्ब बढी रकम उठन बाँकी हो । प्राधिकरणले उक्त रकमको बिल पठाए पनि ठूला घराना र व्यापारीले भने तिरेका छैनन् ।

डेडिकेटेड र ट्रंकलाइन महसुल निर्धारण गर्ने बेला निजी स्वार्थका कारण व्यवसायीहरूले ध्यानाकर्षण नगराएको आयोगका पूर्व सदस्य मुकेश लामिछाने बताउँछन् । विनियमावलीको बुँदा नम्बर ८ मा टेकेर प्राधिकरणले सम्बन्धित व्यवसायीहरूलाई छुट बिल दिएको थियो । यही बुँदामा नै व्यवसायीहरूले पनि पुनरावेदन समितिसमक्ष निवेदन दिन सक्ने भनी उल्लेख गरेको छ ।

तर, अहिले व्यवसायी, प्राधिकरण सञ्चालक समिति र व्यवस्थापन सबै नै जोगिन खोजेका कारण समस्या तन्किँदै गएको छ । व्यवसायीहरू शक्ति केन्द्र धाउने हुँदा प्राधिकरण निरिह भएको जानकारहरू बताउँछन् । यसका लागि प्राधिकरणले लाइन काटेर नै बक्यौता उठाउन सक्ने बताइन्छ । ३ वर्षदेखि यो मुद्दा बहस विषय बनिरहँदा पनि प्राधिकरणले कदम चाल्न नसक्नु गैरजिम्मेवार भएको एक जना विद्युत् विज्ञले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

प्राधिकरणले बक्यौता रकमका विषयमा १५ दिनभित्र कार्यान्वयनको सुरुवात गर्ने जानकारी दिएको छ । ट्रंक र डेडिकेटेडको बक्यौता उठाउन सुविधासहित (किस्ताबन्दी वा अन्य) को योजना ल्याउन लागिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । अन्य ग्राहकहरूको हकमा लाइन काटेर नै बक्यौता उठाउने योजना रहेको सिलवालले जनाए । ट्रंक र डेडिकेटेडको हकमा भने सम्बन्धित उपभोक्ताहरूले नियमित विद्युत् महसुल भुक्तानी गरिरहेको हुँदा छुट बिलको आधारमा लाइन नै काट्न गाह्रो भएको सिलवालको भनाइ छ ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्राधिकरणले कोशिस गरिरहेकाले बक्यौता रकम उठने विश्वास व्यक्त गरे । ऊर्जामन्त्री पम्फा भुसालले पनि जिम्मेवारी पाएसँगै प्राधिकरणलाई बक्यौता रकम उठाउन निर्देशन दिएकी थिइन् ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top