खोपलाई प्राथमिकता दिन आग्रह

१६ भदौ, काठमाडौं ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट बच्न खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपालमा भइरहेको खोप कार्यक्रम प्रभावकारी रहेकोसमेत डब्लूएचओको निचोड छ ।

स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. राजेश सम्भाजिरो पाण्डेले प्रभावकारी खोप कार्यक्रमले मात्रै कोभिड–१९ परास्त गर्न सकिने भएकाले नेपालले खोपलाई प्राथमिकता दिनुपर्ने बताए ।

Advertisement

स्वास्थ्य पत्रकार मञ्च नेपालद्वारा मङ्गलबार आयोजित अन्तरक्रियामा उनले डब्लूएचओका ९५ प्रतिशत काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयनमा हुने गरेको चर्चा गर्दै कोरोना नियन्त्रणका लागि पनि नेपाल सरकारसँग मिलेर काम गरिरहेको बताए ।

उनले विश्व स्वास्थ्य सङ्गठनले तेस्रो मात्रा खोप लगाउन सिफारिस नगरेको स्पष्ट गर्दै भने, “पूर्ण खोप सबैले पाउनुपर्छ भन्ने पहिलो प्राथमिकता हो । कोभिड–१९ नयाँ रोग भएकाले यसबारे अध्ययन भइरहेको छ । गर्भवती महिलालाई पनि तेस्रो डोज खोप लगाउनुपर्ने आवश्यकता छ छैन, त्यसको जवाफ अझै आइसकेको छैन ।”

Advertisement

डब्लूएचओका अनुसार विश्वमा पाँच अर्ब मानिसले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन । तीमध्ये न्यून आय भएका देशका एक दशमलव ६ प्रतिशत जनसङ्ख्याले मात्रै खोप लगाउन पाएका छन। उनले सबै नागरिकले पूर्ण खोप लगाउनुपर्छ भन्ने सङ्गठनको धारणा रहेको बताए ।

सङ्गठनका नेपालस्थित खोप कार्यक्रम प्रमुख डा. विनोद बुराले कोरोनाविरुद्धको पहिलो खोपमा समानता हुनुपर्नेमा जोड दिए । उनले खोपमा समानता नभइरहेको अवस्थामा सबैलाई खोपको पहुँचमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top