प्रदेश १ मा नेकपा (एस) : १३ सांसदले सनाखत गर्ने, रोक्ने एमाले रणनीति

१६ भदौ, विराटनगर ।

नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू आज प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् । एमालेबाट छुट्टिएर बनेको एकीकृत एकीकृत समाजवादीमा खुलेका प्रदेश सांसदहरुले निर्वाचन आयोगमा गएर हस्ताक्षर बुझाउन लागेका हुन् ।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ । त्यहीँअनुसार २२ भदौसम्म एमाले वा समाजवादीमध्ये एक दल छानिसक्नुपर्ने छ ।

प्रदेश १ मा हालसम्म १० जना सांसद समाजवादीतिर खुलेका छन् । प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङले आज सनाखत गर्ने तयारी छ ।

आज निर्वाचन आयोगमा जाँदासम्म १२ देखि १३ जना सांसद पुग्ने नेकपा (एस)तिर खुलेका प्रदेश सांसद राजन राईले दाबी गरे । उनले भने, ’१० जना त चट्टान नै फुटे पनि कतै जानुहुन्न । अझै तीन जना माननीय हामीसँग आँउदै हुनुन्छ ।’

यता एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले भने समाजवादीमा ४ जना भन्दा बढी सांसद नहुने दाबी गरे । ‘अरुदिन ५० जना नै छन् भन्दा पनि हुन्छ । तर निर्वाचन आयोगमा पुग्दा ४ जना मात्रै हुनुहुन्छ ।’

राजेन्द्र राई, गणेश काङवाङ, कृष्णकुमारी राई र राजन राई बाहेकका केन्द्रीय सदस्यहरुलाई एमालेमै रहनेगरी मनाउने भण्डारीको दाबी छ ।

निर्वाचन आयोगमा आज हुने सनाखतको संख्याले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्ताको भविष्य पनि निर्धारण गर्नेछ ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top