×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

काँग्रेस महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट, भेटघाट र कार्यक्रम गर्दा मास्क लगाउन अपील

१६ भाद्र २०७८

१६ भदाै, काठमाडाैँ ।

सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ आँै महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताएका छन् । बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएका हुन् ।

Advertisement
Advertisement

उनले काँग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गरे । महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली काँग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उनले अनुरोध गरे । १८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिएपनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उनले बताए।

प्रवक्ता शर्माले भने, ‘नेपाली काँग्रेस पार्टी भदौ १८ गतेबाट विधिवत रुपले १४ औँ महाधिवेशनमा प्रवेश गर्दैछ, सामान्यतया महाधिवेशन भन्दै गर्दा केन्द्रीय महाधिवेशनको उद्घाटन हुने तिथिलाई बुझ्ने एक ढंगको प्रचलन छ, तर नेपाली काँग्रेस पार्टीको फरक परम्परा के छ भने महाधिवेशन भनिरहँदै गर्दा केवल केन्द्रीय महाधिवेशनको उद्घाटन दिन मात्रै होइन, एकसाथ देशभरका वडाहरुको अधिवेशन जुन दिन शुरु हुन्छ, त्यो दिन नेपाली काँग्रेस पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ भएको हुन्छ र भदौ १८ गते महाधिवेशन प्रारम्भ हुँदैछ । यो घडीमा देशभरका नेपाली काँग्रेस पार्टीका क्रियाशील सदस्यहरु, अन्य सदस्य, शुभचिन्तक, विभिन्न तहको नेतृत्वमा रहनुभएका सबैलाई नेपाली काँग्रेसको केन्द्रीय कार्यालयको तर्फबाट एवं सूचना सञ्चार तथा प्रचार विभागको तर्फबाट हामी अपील गर्दछौँ कि, मास्क लगाउन ल ?, किनभने एकातर्फ महाधिवेशन गर्नुपर्ने जिम्मेवारी अर्कोतर्फ कोरोनाबाट आफू जोगिने र परिवारलाई जोगाउनुपर्ने छ, त्यसैले नेतृत्वमा आउन लाग्नुभएका सबै साथीहरुलाई मत माग्न जाँदा मास्क लगाउन र लगाउन अपील गरौँ, अहिले पार्टीमा २ वटा जटिलता छ, एउटा ५३ जिल्लामा मात्रै क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ, हिजो मात्रै थप ३ जिल्लाको सूची सार्वजनिक गर्ने सहमति पछि ५६ पुगेको अवस्था छ, अर्को कोरोना महामारीको जोखिम छ ।’

प्रवक्ता शर्माले १८ गतेबाट पार्टी महाधिवेशन शुरु हुँदै गर्दा कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताए । यी समस्या बाहेकका जिल्लाहरुमा भने नेपाली काँग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरु गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

उनदे भने, ‘कुनै भूगोलमा कारणवश १८ गते शुरु हुँदै गर्दा कोरोनाको जटिलता वा अन्य केही जटिलता र क्रियाशील सदस्यता नटुंगिएको खण्डमा तद् जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग सम्पर्क, समन्वय गरेर अनि अनुमति लिएर ती जिल्लाको अधिवेशनलाई १८ बाट १९,२०,२१ आफ्नो अनुकुलता अनुसार गर्न सक्नुहुनेछ, त्यो कोरोनाको विषय, क्रियाशील सार्वजनिक नभएको विषय र प्रतिनिधि पुग्दै गर्दा कारणवश ढिलाइ भएको विषयको वस्तुगत स्थिती भन्दा बाहेक हामी १८ गतेबाट नै महाधिवेशनको प्रक्रिया शुरु गर्नेछौँ, त्यसकारण सबैको जोड १८ गते छ, भदौ १८, २०७८ साल यो अधिवेशनको सबैले गम्भीरतापूर्वक लिएका छौँ ।’

Advertisement

प्रवक्ता शर्माले अधिवेशन गर्न जाँदै गर्दा नेतृत्वको चयन गरेर नेतृत्वलाई लिएर आउने दायित्व र पार्टीलाई उर्जा भरेर रुपान्तरित काँग्रेस, रुपान्तरित देश बनाउने अठोट र अभियानमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताए । महाधिवेशन संयमता र हार्दिकताका साथ गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले कोरोनाको जोखिम भएकोले अधिवेशनमा उत्साह पूर्वक सहभागि बन्न तर भीडभाड र भेटभाट कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न सुझाए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top