निर्देशक दीपेन्द्र के खनाल भन्छन्- फिल्म हल त खुले, देखाउने चाहिँ के ?

१६ भदौ ७८, बिहीबार

१७ भदौ, काठमाडौँ ।
सरकारको निर्णय अनुसार आजबाट सिनेमा हलहरू खुल्ने भएका छन् । कोरोना महामारीका कारण बन्द भएका सिनेमा हलहरु आजबाट खुल्ने भएका हुन् ।

Advertisement

हल सञ्चालनमा आउँदा एकातिर खुसीको विषय बनेको छ भने अर्कातिर सिनेमा हल खुल्नु चिन्ताको विषय पनि बनेको छ । हल सञ्चालनमा आएपनि तत्काल नयाँ फिल्म रिलिज हुने सम्भावना छैन । पाइप लाइनमा रहेका नयाँ फिल्महरू पनि निर्माताहरुले चलाउने छाटकाट देखिएको छैन भने पुरानै फिल्म रिलिज गर्दा दर्शकले हेर्ने सम्भावना न्यून छ ।

तर, साथै अर्को प्रश्न के उब्जिन्छ भने , यदि हल पनि खुल्यो नयाँ फिल्म पनि चल्यो तर, दर्शक आउँलान छ ? अर्को हिसाबले हेर्दा लामो समयपछी फिल्म हल खोलेकाले , दर्शकको खचाखच पो हुने हो कि । निर्माता तथा निर्देशक दीपेन्द्र के खनालको पनि भनाइ पनि यही छ । उनले सामाजिक सञ्जालमा आफ्नो धारणा लेखेका छन् ‘फिल्म हल त खुल्ने भयो, तर देखाउने के ?

Advertisement

उनले अगाडि थपेका छन् ‘सरोकारवाला सबै एकजुट भएर सिनेमा क्षेत्र चलायमान बनाउन लागि पर्ने कि !’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top