गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

१६ भदौ ७८, बिहीबार

१७ भदाै, काठमाडौं ।
शंखरापुर नगरपालिका-३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका-३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

बिहीबार बिहान उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेकाे हाे । साे स्थानबाट करिब ५ सय किलो गोरुको मासु समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top